सिके राउत आफै उम्मेदवार हुँ भनेर बारा २ का जनतालाई झुक्याउदै छन् : उपेन्द्र यादव

बारा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यमा पाँच दलीय गठबनधनका साझा उम्मेदवार उपेन्द्र यादवले आफुले जितसंगै बारा २ मा विकासको मुल फुट्ने दाबी गरेका छन् ।

आइतबार बाराको बाराको महागढीमाई नगरपालिकाको मलहनी,दहियार,बगडमपुर लगायतका गाँउमा घरदैलो गर्ने क्रममा सन्चारकर्मीसंग प्रतिक्रिया दिदै यादवले यस्तो दाबी गरेका हुन् । जसपाका राष्ट्रिय अध्यक्ष समेत रहेका यादवले जनतामा भ्रम छरेर ठग्ने नेताहरुबाट सजग रहनपनि बारा २ का मतदातालाई आग्रह पनि गरे ।

बारा २ मा चुनावी घरदैलो र जनता दर्शनका क्रममा यहाँको शिक्षा , स्वास्थ्य , कृषि र पुर्वाधारका क्षेत्रमा विद्यमान समस्या बारे आफु राम्रोसंग जानकार भइरहेकाले आफुले जिते लगत्तै ती समस्याहरु समाधानका लागि पहलकदमी लिने यादवले बताए । उनले भने,‘ संघ र प्रदेश दुवै सरकारमा जसपा छ , त्यस कारण चुनाव जितेलगत्तै बारा २ को विकास र समृद्धिका लागि दुवै सरकारबाट थ्प्रै योजनाहरु लिएर आउनेछु , यहाको विकास र समृद्धि सधै मेरो प्राथमिकतामा रहनेछ , जनताका दुखसुखमा मसंगै रहनेछु ।

जनमति पार्टीका अध्यक्ष सिके राउत प्रति कटाक्ष गर्दै जसपा अध्यक्ष यादवले भने,‘ बारा २ मा जनमतले बदनाम उम्मेदवार उठाएकाले लाजले सिके राउत आफै उम्मेदवार बनेर जनतालाई भ्रमित पार्ने र ठग्ने काम गरिरहेका छन् ।

बारा २ का जनता माझ बदनाम शीवचन्द्र कुशवाहाको नाम लिन समेत लाज मानेरै होला सिके राउत आफु एक्लै चुनावी प्रचारमा हिडेको यादवले बताए । यादवले भने,‘ शीवचन्द्र आफु एक्लै हिडेका छन्, उनिसंगै सिके राउत हिडेका छैनन् , सिके राउतले शीवचन्द्रलाई संगै लिएर हिड्दा शीवचन्द्रको करनामाको भण्डाफोर होला कि भन्ने डर सिके राउतमा होला , उनिहरु दुवै संगै हिडेको जनताले देख्न नै पाएका छैनन् ।

जनमत पार्टी र त्यसका नेता सिके राउत मधेसलाई नेपालबाटै टुक्राउने नारा दिएर हिडेका व्याक्ति भएकाले उनिहरुबाट जनता सचेत हुनुपर्ने पनि यादवले बताए । अहिले चुनावी समयमा सिके राउतले मधेस आन्दोलन र मधेसी शहिदका बारे लान्छना लगाउदै बारा २ का मतदातालाई भ्रमित पार्न खोजेपनि जनता उनको भ्रममा नपर्ने यादवले बताए ।

आइतबारको चुनावी घरदैलो कार्यक्रममा जसपाका नेताहरु रामिकशार यादव, जनार्दन यादव,शीला साह,संतोष साह,पारस साह,प्रमोद यादव ,रामबाबु यादवका साथै कांग्रेस , माओवादी केन्द्र ,लोसपा र नेकपा एकिकृत समाजवादीका नेताहरुको पनि सहभागिता थियो ।

 

Share your love