सवारी ज्यान मुद्दाका फरार पटेर्वासुगौलिका एकजना पक्राउ

वीरगंज -सवारी ज्यान मुद्दाका फरार पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ कन्चनपूरका ३५ बर्षीय गफुर मियाँलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्साबाट २ बर्ष ११ महिना जेल सजाय सुनाईएको बेलादेखि नै फरार रहेका मियाँलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा खटिएको प्रहरीको टोलीले झन्डै २ बर्ष पछी पक्राउ गर्न सफल भएको हो ।

मियाँ आफ्नै गाउँ घरमा लुकी छिपी बसेको भन्ने सिशेष सुराकीको अधारमा खटिएको प्रहरीको टोलीले प्रक्राउ गरेको हो । आज पक्राउ परेका मियाँलाई तोकिएको कैद सजाय भुक्तानी गराउनको लागी कारागार कार्यालय वीरगंजमा पठाईएको छ ।

Share your love