सर्लाही-१ (ख) मा एकीकृत समाजवादीका वेची लुङ्गेली विजयी

सर्लाही क्षेत्र नम्बर १ अन्तर्गत (ख) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वेची लुङ्गेली विजयी हुनुभएको छ ।

लुङ्गेली १३ हजार ६७६ मत ल्याएर प्रदेश सभा सदस्यमा लागि निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शान्तिकुमारी लामाले ६ हजार ९७७ मत प्राप्त गर्नुभएको छ । उहाँले लामालाई ६ हजार ६९९ मतले पछि पार्नुभएको हो ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठले ५ हजार ९४५ मत प्राप्त गर्नुभएको छ।

 

Share your love