सर्लाहीमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

सर्लाहीको लालबन्दी न.पा.-५ रंजितपुर भित्री सडक खण्डमा शनिबार साझ ८:०० बजेको समयमा बालुवा लोड गरि पुर्व बाट पश्चिम् आउदै गरेका ना.५ त ९९७१ नम्बरको ट्याक्टर अनियंत्रित भइ पल्टिँदा सोही ट्याक्टरमा सवार ए.ए बस्ने बद्री माझी मुसहरको अन्दाजी ३५ वार्षिय छोरा लल्लु माझी मुसहरको ट्याक्टरमा च्यपिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी न्यायब उपरीक्षक बिजय यादवले जानकारी दिएको छ।
ट्याक्टरमा थिचिएर गम्भीर घाइते भएका माझिलाइ उपचारकालागि प्रादेशिक अस्पताल मलङ्वा ल्याउदा चिकित्सकले मृत घोषणा गरेको हो ।प्रहरीका अनुसार ट्याक्टर पल्टेको सुचना पाउन साथ ट्याक्टर लाई नियन्त्रणमा लिएको छ भने उक्त ट्याक्टरको चालक फरार भएका छ्न । मृतकको शव अहिले पनि प्रादेशिक अस्पताल मलङ्वामै पोस्मार्ट्मका लागि राखिएको छ ।

घटना बारे थप अनुसन्धान साथै फरार चालकलाई खोजीको काम भइरहेको प्रहरीले बताएका छ्न।

Share your love