सरस्वती पूजाका लागि मधेशमा मूर्तिकार मूर्ति बनाउन व्यस्त

सरस्वती पूजाका लागि मधेशमा मूर्तिकार यति बेला मूर्ति बनाउन व्यस्त भएका छन् । यस वर्ष माघ १२ गते विहीवार सरस्वती पूजाको तिथि रहेको छ । ग्राहकको अर्डरअनुसार पाँच हजारदेखि १० हजारसम्मको मूर्ति बनाउन व्यस्त रहेका मुर्तीकार कलाकार संन्तोष पंडितले बताए ।

सरस्वती पूजनोत्सवको दिन नजिकिँदै गर्दा कुम्हाललाई अहिले माटो मुछेर बनाइने देवी सरस्वतीका मूर्ति तयार गर्न भ्याइनभ्याई छ ।
बसन्तपञ्चमी र श्रीपंञ्चमीसमेत भनिने माघ शुक्ल पंञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने परम्परा रहेको छ ।

माटो र परालबाट बनाइएको सरस्वती मूर्ति विद्यार्थीहरुले विद्यालयलमा राखी सरस्वती पूजा पंंञ्चमीका दिन मनाइने परम्परा रहेको छ ।

Share your love