“समकालीन राजनीतिक” विषयमा रेडियो सान्भीद्वारा मन्थन कार्यक्रम सम्पन्न

कार्यक्रममा वक्ताको रुपमा नेपाली कांग्रेसक पर्साका पूर्व जिल्ला सभापति एवम संविधान सभा सदस्य अजय दुवेदी  , जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादव र नेकपा माओबादी केन्द्रका नेता रहबर अन्सारीको  रहेको थियो भने राजनीतिक विश्लेषकको रुपमा मोनिका सिंह हुनुहुन्थियो ।

त्यसैगरी कार्यक्रममा आफ्ना जिज्ञासा तथा प्रश्नहरु राख्नको लागी पर्सा सञ्चारकर्मिको पनि सहभागिता रहेको थियो । बितेका राजनीतक गतिबिधि र अहिले चलीरहेको बर्तमान अवस्थाको बारेमा कार्यक्रम सञ्चालक सञ्चारकर्मी रितेश त्रिपाठीले सहभागी तिनै जना संग जवाफ माग्दै प्रश्न गर्नुभएको थियो ।

त्यसैगरी सहभागी सञ्चारकर्मीहरुले समेत आफ्ना प्रश्न तथा जिज्ञासा राखेका थिए ।  कार्यक्रममा सहभगी राजनीतिक विश्लेषक मोनिका सिंहले वक्ताहरुले दिएको उत्तरलाई बिश्लेष्ण गर्नुभएको थियो ।

Share your love