सप्तरीमा कार दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, तीन जना घाइते

सप्तरीमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अरू तीन जना घाइते भएका छन् ।

आज शुक्रवार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो । दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका तीन जनाकाे नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

 

Share your love