सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने श्रीलङ्काको लक्ष्य

श्रीलङ्काले आउँदो वर्ष झण्डै १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यस्तै, सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पर्यटनमन्त्री हरिन फर्नान्डोलाई उद्धृत गर्दै समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

आर्थिक रुपमा धरासायी बनेको श्रीलङ्कामा पछिल्लो केही महिना पर्यटक आगमनमा सुधार आएको पर्यटनमन्त्री फर्नान्डोले बताउनुभएको छ । अहिले श्रीलङ्कामा महिनाको ३० देखि ६० हजार जनासम्म विदेशी पर्यटक पुगिरहेका छन् ।

पर्यटन श्रीलङ्काको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यम मध्येको एक हो । तर कोरोना महामारी र देशमा चलिरहेको राजनीतिक सङ्कटका कारणले पर्यटन व्यवसायमा समस्याग्रस्त बनेको छ । पर्यटन व्यवसाय समस्यामा परेपछि देशको आर्थिक अवस्था नै सङ्कटमा पुगेको छ।

 

Share your love