सन्दीप लामिछाने पक्राउ

गत भदौ ५ गते राति १७ वर्षीया नाबालिग किशोरीसँग होटलमा सँगै बिताएपछि भदौ ६ गते सन्दीप नैरोबी उडेका थिए ।प्रहरीका अनुसार ती किशाेरीले सन्दीपले भदाै ५ गते दिनभर काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौँ ल्याई सिनामंगलको एक होटलको कोठा नम्बर ३०५ मा भदौ ५ गते बिहान साढे १२ बजे बलात्कार गरेकाे भनी भदौ २१ गते जाहेरी दिएकी थिइन् ।

यसैका आधारमा प्रहरीले हाेटेल र सम्बन्धित किशाेरीसँग अनुसन्धान गरी थप अनुसन्धानका लागि उनलाई पक्राउ गरेकाे हाे । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । क्यानले पनि साे आराेपलागेसँगै सन्दीपलाई निलम्बन गरेकाे छ भने नैरोबीमा पनि उनी क्यारेबियन लिग खेल्न पाएनन् ।

Share your love