सन्दीप लामिछानेलाई प्रहरी वृत्त गौशाला लगियो

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप लामिछानेलाई प्रहरी वृत्त, गौशाला काठमाण्डौमा राखिएको छ ।

आज बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । उनी कतार एअरवेजको क्यूआर ६४८ नम्बरको जहाजबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

यसअघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए । साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

Share your love