सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाण्डौले अनुमति दिएको छ ।

यसअघि जिल्ला अदालत काठमाण्डौले २० गतेदेखि गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको थियो । सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले आज फेरि म्याद थपका लागि अनुमति मागेको हो ।

गएको २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । सन्दीपमाथि १७ वर्षकी किशोरीले बलात्कार आरोप लगाएकी छिन् । किशोरीले गएको भदौ २१ गएकोे प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

 

Share your love