श्वासप्रश्वासका बिरामी बढेपछि उत्तर कोरियाको राजधानी प्योङ्याङमा लकडाउन

श्वासप्रश्वासका बिरामी बढेपछि उत्तर कोरियाको राजधानी प्योङ्याङमा लकडाउन गरिएको छ । उत्तर कोरियाले आउँदो आइतवारसम्म लागू हुने गरी राजधानी सहरमा लकडाउनको आदेश जारी गरेको हो ।

प्योङ्याङका बासिन्दालाई घरभित्रै बस्न तथा हरेक दिन शरीरको तापक्रम जाँच गर्न आदेश दिइएको उत्तर कोरियाली सरकारलाई उद्धृत गरी एनके न्युजले जनाएको छ । बिरामीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका भए पनि कोरोना नभनेर रुघाखोकी तथा श्वासप्रश्वास समस्याका रुपमा उल्लेख गरिएको छ ।

उत्तर कोरियाले गएको अगस्टमा कोरोना महामारीबाट मुक्त भएको घोषणा समेत गरेको थियो । कोरोनासम्बन्धी उत्तर कोरियाली तथ्याङ्क तथा महामारीलाई स्वास्थ्यका विज्ञ तथा विश्व स्वास्थ्य सङ्गठनले लामो समयदेखि प्रश्न गर्दै आएका छन् ।

२ करोड ५० लाख जनसङ्ख्या भएको उत्तर कोरियामा नागरिकले कारोनाविरुद्धको खोप पाए/नपाएको पनि खुलेको छैन । तर चीनले भने केही मात्रा खोप दिएको थियो ।

 

Share your love