श्रोत नखुलेका रकम सहित पर्सामा एकजना पक्राउ

वीरगंज-पर्सा प्रहरीले स्रोत नखुलेके साढे ७ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने पर्साको पोखरिया नगरपालिका वडा नं. बिर्ता बैरियाका महम्मद रिजवान आलम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट आज खटिएको प्रहरी टोलीले वीरगज– २  श्रीराम सिनेमा हलपछाड गोरेटो सडक खण्डमा प्रदेश नं। २–३–०१२ प।२०४६ नम्बरको रोकी चेकजाँच गर्दा आलमको साथबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका आलमबिरुद्ध बैंक तथा बितिय कसुरमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Share your love