श्रीलङ्काले अफगानिस्तानलाई ६ विकेटले हरायाे

आईसीसी टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्काले अफगानिस्तानलाई हराएकाे छ । ब्रिस्बेनमा आज मङ्गलवार भएकाे खेलमा श्रीलङ्काले अफगानिस्तानलाई छ विकेटले हरायाे ।

अफगानिस्तानले दिएकाे एक सय ४५ रनकाे लक्ष्य पछ्याएकाे श्रीलङ्काले १८ ओभर ३ बलमा चार विकेट गुमाएर भेटायाे । उसका लागि धनन्जय डी सिल्भाले नटआउट ६६ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजीब उर रहमान र राशिद खानले दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४४ रन बनायाे । उसका लागि रहमनुल्लाह गुरबाजले २८ र उसमान घानीले २७ रन बनाए । बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरङ्गाले तीन र लाहिरु कुमाराले दुई विकेट लिए ।

याे जितसँगै श्रीलङ्का चार खेलमा चार अङ्कसहित समूह ‘१’ काे तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । अफगानिस्तान चार खेलमा दुई अङ्कसहित तालिकाकाे पुछारमा छ ।

Share your love