श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

आफ्नै श्रीमती ४० वर्षीया ताल कुमारी कुमालको हत्या गरेको आरोपमा मुसिकोट नगरपालिका-७, बसेरी बस्ने ४२ वर्षीय सुर्य कुमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी वामी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो। घटनापश्चात् जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले सुर्य कुमारलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Share your love