श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

दाङमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बबई गाउँपालिका–१ क्यूरेनी निवासी ४० वर्षीय लालबहादुर बोटे रहेका छन् ।

हथौडा प्रहार गरी ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या गरेकाे आरोपमा बाेटेलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मानबहादुर विष्टले जानकारी दिए ।

सामान्य झगडा पछि श्रीमती खुमीको शुक्रबार बिहान ३ बजे हत्या गरेको बयान बाेटेले दिएको प्रहरी निरीक्षक विष्टले बताए ।
Share your love