शैक्षिक सुधार गर्न वर्षभरिलाई पुग्ने गरी विद्यार्थीलाई कापी वितरण

छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडाभित्र रहेका कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुलाई वर्षभरि पुग्ने कापी वितरण गरेको छ ।

वडा नम्बर १ मा रहेका ८ वटा विद्यालयमा अध्यनरत एक सय ८२ जना बालबालिकालाई कापी वितरण गरेको हो । वडामा ७ वटा सामुदायिक र एक निजी गरी ८ वटा विद्यालय छन् । निजी विद्यालयको नर्सरीमा अध्ययनरत बालबालिकालाई मात्रै उत्तर पुस्तिका वितरण गरिको वडा नम्बर १ का वडा अध्यक्ष करनजंग बहादुर सिंहले बताउनुभयो ।

वडाको शैक्षिक सुधार गर्ने उद्येश्यअन्तर्गत कापी वितरण गरिएको हो । वडाध्यक्ष सिंहका अनुसार आर्थिक वर्ष २०७९/८० को बजेटबाट विनियोजित २ लाख ५० हजार रुपैयाँकाे कापी खरिद गरिएको हो । कापी विद्यालयका प्रध्यानाध्यापकहरुको जिम्मा लगाइएकाे  छ ।

 

Share your love