शेयर बजार ११ अङ्कले बढ्याे

अस्ति साेमवार र हिजो मङ्गलवार दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ३२ विन्दुले बढेर एक हजार आठ सय ६६ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज व्यापार र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय २२ वटा कम्पनीकाे २० लाख ८५ हजार कित्ता शेयर ६९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको दुई करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज अभियान लघुवित्तको शेयर १० प्रतिशत तथा प्रोग्रेसिभ फाइनान्स र माहुली लघुवित्तको शेयर साढे पाँच प्रतिशतले बढेको छ । एभरेस्ट बैंकको प्रमोटर शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

Share your love