शेयर बजार दोहोरो अङ्कले बढ्यो, झन्डै ७० करोड रुपैयाँको कारोबार

तिहार र छठको बिदाका कारण ११ दिनपछि खुलेको शेयर बजार आज साेमवार दोहोरो अङ्कले बढेको छ । शेयरबजार परिसूचक नेप्से आज १६ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ७४ दशमलव ८७ विन्दुमा पुगेको छ ।

आज विकास बैंक समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । दुई सय २४ वटा कम्पनीकाे २५ लाख ७४ हजार कित्ता शेयर ६९ करोड ७३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सयपत्री हाइड्रोको शेयर १० प्रतिशत र नेपाल एसबीआई बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि अपर हेवाखोला जलविद्युत कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Share your love