शेयर बजार झन्डै ३३ अङ्कले बढ्यो

शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ७२ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ११ विन्दुमा पुगेको छ । आज बैंकबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, माइक्रोफाइनान्स, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले बढको छ ।

बजार बढेकाे दिन दुई सय ५० वटा कम्पनीका एक करोड १८ लाख ८३ हजार कित्ता शेयर तीन अर्ब ७२ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको २३ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज ग्रीन भेन्चर्स लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर कम्पनी र आदर्श लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै घलेम्दी हाइड्रो, बलेफी हाइड्रो र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

अन्तिम अपडेट: माघ ३, २०७९

Share your love