शेयर बजार झन्डै २२ अङ्कले घट्याे

काठमाण्डाै – शेयर बजार आज बुधवार झन्डै २२ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओेरालो लागेको छ ।

नेप्से दाेहाेराे अङ्कले घटेकाे दिन दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार कित्ता शेयर एक अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै दुई प्रतिशतले बढेको छ ।

Share your love