शिक्षा क्षेत्रमा शैक्षिक महाशाखा वीरगंजले आतंक मचाएको शिक्षक महासंघ पर्साको ठहर

वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले अनुगमनको नाउँमा शिक्षा क्षेत्रमा आतंक मचाएको शिक्षक महासंघ पर्साको ठहर रहेको छ । शिक्षक महासंघ जिल्ला समिति पर्साको बैठकले महानगरले शिक्षा क्षेत्रमा आतंक मचाएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

शिक्षा क्षेत्र पूर्ण रुपले शैक्षिक र बौद्धिक वर्गले सञ्चालन गर्नु पर्ने भएकोले सो तर्फ सबैको सम्मानपूर्वक ध्यान जानुपर्नेमा नेपाल शिक्षक महासंघ जिल्ला समिति पर्साले जोड दिएको छ । वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाले बौद्धिक वर्गहरुमा डर त्रास सिर्जना गरी उचित शैक्षिक उपलब्धि गर्न नकस्ने समितिले जनाएको छ ।

विश्वको शैक्षिक ईतिहासमा कुनै पनि विश्व विद्यालय र विधालयहरुमा परिक्षोपरान्त परिक्षाको उत्तरपुस्तिका परिक्षण गर्ने र परीक्षा सम्बन्धि कार्य गर्ने परम्परा रहेकोमा वीरगंज महानगरले यस इतिहासलाई तोड्दै शिक्षक , शिक्षिकालाई घेरेर माँसिक सन्तुलन बिगार्ने कार्य गरेको हुदा यस्ता कार्य नगर्न क्षिक्षक समितिले आग्रह गरेक छ ।

महानगर आगामी दिनमा यस्तो गर्यो भने आफुहरु प्रतिकार बाध्य हुने चेतावनी समेत दिएको छ ।

Share your love