शाहरुख अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै कमायो २५० करोड

भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै २ सय ५० करोड भारतीय रुपैयाँ कमाएको छ । पछिल्लो समय शाहरुख फिल्मलाई लिएर निकै चर्चामा छन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको ओटीटी र स्याटेलाइट २ सय ५० करोड भारतीय रुपैयाँमा बेचेको बताइएको छ । जसले फिल्मले रिलिज अगावै राम्रो कमाई गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार जसमा जीटिभीले फिल्मको स्याटेलाइट राइट्स र नेटफ्लिक्सले डिजिटल राइट्स किनेको बताइएको छ । फिल्ममा शाहरुख र दक्षिण भारतीय अभिनेत्री नयनतारा मुख्य भूमिकामा रहेका छन् ।

निर्देशक एटली कुमारले निर्देशन गरेको यस फिल्ममा गौरी खान निर्माता रहेकी छन् । फिल्ममा शाहरुख दोहोरो भूमिकामा रहेका छन् भने नयनतारा प्रहरी अधिकृतको भूमिकामा देखिने छिन् । फिल्ममा शाहरुख र नयनताराका अलाव सान्या मल्होत्रा र सुनिल ग्रोवर पनि रहेको छ ।

उक्त फिल्म २ जून २०२३ मा पान इन्डिया रिलिज हुने छ । फिल्म हिन्दीका साथै तेलुगु, मलयालम, तमिल र कन्नड भाषामा रिलिज हुने समाचारमा उल्लेख गरिएको छ ।

Share your love