विश्वासको मत दिने निर्णयमा गगन र विश्वप्रकाशसहित कांग्रेसका पाँच नेताकाे असहमति

काठमाडाैँ- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिने निर्णय गरेकाे छ। पार्टीले गरेकाे साे निर्णयमा पाँच नेताहरूले भने असहमति जनाएका छन्।

महामन्त्रीद्वय: गगन थापा, विश्वप्रकाश शर्मासहित अर्जुननरसिंह केसी, प्रदीप पाैडेल र प्रकाशमान सिंहले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति जनाएका हुन्।

मंगलबार दिउँसाे बसकाे कांग्रेकाे कार्यसम्पादन समितिकाे बैठकले सरकारमा नगएर प्रतिपक्षमै बसे पनि प्रचण्डलाई विश्वासकाे मत दिने निर्णय गरेकाे हाे। यही पुस १० गते निर्वाचिन प्रधानमन्त्री प्रचण्डले आज संसदबाट विश्वासकाे मत दिँदैछन्। कांग्रेसबाट प्रतिनिधि सभामा ८९ जना सांसद छन्।

Share your love