विराटनगरमा निषेधाज्ञा जारी

कोशी प्रदेश नामकरणपछि पहिचान पक्षधरहरुले आइतबार बृहत प्रदर्शन गर्ने भएका छन् ।

उनीहरूले आइतबार प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा समेत जारी गरेको हाे । प्रशासनले निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र रहेका छन् ।

चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली र धर्ना जस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयले जारी गरेको सूचनामा भनिएकाे छ ।

आदेश उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएकाे छ ।

 

Share your love