विन्दवासिनीमा बाजागाजासहित धुमधामकासाथ फूलपाती भित्र्याइयो

वीरगञ्ज – विन्दवासिनीमा बाजागाजासहित पहिलो पल्ट धुमधामका साथ फूलपाती भित्र्याइएको छ । गर्दौलबाट निकालिएको फूलपाती गाउँको परिक्रमा पश्चात सातोमाई मन्दिरमा लगेर भित्र्याइएको हो ।

बिन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमोद तिवारी,वडा-१ का वडा अध्यक्ष अक्षयलाल महतो,सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलगायत स्थानीय भक्तजनहरुको व्यापक सहभागितामा गर्दौलको विभिन्न शक्ति पिठहरुमा पूजन गरी फुलापाती सातोमाई मन्दिरमा भित्र्याइएको हो ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज आइतबार शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा राखिएको उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष आइतबार भित्र्याइने गरिन्छ । फूलपाती भित्र्याएपछि माइस्थान मन्दिरमा नौदेवीको विधिपूर्वक पूजाराधना गरिएको

Share your love