विद्यार्थी भर्ना शुल्कमा भएको मनोमानीबारे मन्त्रालयको ध्यानाकर्षण, पालिकाबाट स्वीकृत शुल्कमात्रै लिन आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्नाका क्रममा निजी विद्यालयले जभाथाबी शुल्क लिएको गुनासो आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज (मङ्गलवार) एक विज्ञप्ति निकालेर निजी विद्यालयले जथाभाबी भर्ना शुल्क लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनको अधीनमा रहेरमात्रै शुल्क लिन भनेको छ । मन्त्रालयले विधि र प्रक्रिया पूरा गरी पालिकाले स्वीकृत गरिदिएको सीमाभित्र रहेर तोकिएका शीर्षकहरूमा मात्रै शुल्क लिन पाउने विषयलाई स्मरण पनि गराएको छ ।

सबै विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा अभिभावकलाई जानकारी गराउनुपर्ने, अभिभावकले शुल्कको विषयमा प्रश्न गर्न पाउने र चित्त नबुझेमा पालिकामा गुनासो गर्ने अभ्यासको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

Share your love