वरुण धवन र कृति सेननको चलचित्र ‘भेडिया’को ट्रेलर सार्वजनिक

भारतीय अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘भेडिया’को ट्रेलर सार्वजनिक भएको छ ।

उक्त चलचित्रको सार्वजनिक गरिएको ट्रेलरमा वरुण सामान्य मान्छेबाट भेडिया अर्थात ब्वाँसो बनेको अवस्थालाई चित्रण गरिएको छ । वरुणलाई जंगलको एक भेडियाले टोकेपछि वरुणको रूप परिर्वतन हुन थाल्छ र ऊ मान्छेलाई टोक्न सुरु गर्छ।

हरर कमेडी चलचित्रमा वरुण भेडियाको रूपमा मानिसहरूलाई डराउँदै आएका छन् भने कृतिले यस चलचित्रमा डा. अनिकाको भूमिका निर्वाह गरेकी छन् ।

बुधबार सार्वजनिक २ मिनेट ५५ लामो ट्रेलर हास्यास्पद संवाद र कमेडीले भरिएको छ । चलचित्र ‘भेडिया’लाई अमर कौशिकले निर्देशन गरेका हुन् । चलचित्र आगामी नोभेम्बर २५ मा हलमा रिलिज हुने छ ।

Share your love