वडाध्यक्ष सिंह देवताल गाउँपालिकाको प्रवक्तामा नियक्त

बाराको देवताल गाउँपालिकाको प्रवक्तामा वडा नम्बर १ का वडाध्यक्ष अरुण कुमार सिंह नियुक्त हुनुभएको छ ।

गत माघ ८ गते बसेको देवताल गाउँपालिकाको कार्यपालिका सदस्यको बैठकबाट निर्णय गरेर वडाध्यक्ष सिंहलाई प्रवक्तामा नियुक्त गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार यादवले जानकारी दिनुभयो ।

आफुलाई गाउँपालिकाको प्रवक्तामा नियुक्त गरेको देवताल गाउँपालिकाको सम्पूर्ण कार्यपालिका सदस्यलाई वडाध्यक्ष सिंहले धन्याबाद दिनुभएको छ ।

अब अझ आफ्नो जनता प्रतिको झन उत्तरदायित्व बढेको र यसलाई पूर्ण निष्पक्ष र स्वतन्त्र ढंगले निर्वाह गर्ने वडाध्यक्ष सिंहले बताउनुभयो ।

Share your love