लरीको ठक्करबाट पोखरियाका एकजनाको मृत्यु

वीरगञ्जमा शुक्रबार बिहान लरीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।लरीको ठक्करबाट पर्साको पोखरिया नगरपालिका–१ वनकटुवा बस्ने ६० वर्षीय विगा रामको मृत्यु भएको हो ।

बिहान १० बजे वीरगञ्ज– २४ बहुवरीस्थित ड्राईपोर्टबाट परवानिपुरतर्फ जाँदै गरेको ना ३ ख ५७४३ नम्बरको खाली लरीले बाटो काट्दै गरेका रामलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनको उपचारको लागि नारायणी अस्पतालमा लगिएकोमा मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता दिपक गिरीले जानकारी दिनुभयो ।

ठक्कर दिने लहरीका चालक वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी बस्ने सुजित यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको गिरीले बताउनुभयो ।

Share your love