लगातार चौथो दिन पनि घट्यो शेयर बजार, कारोबारमा छैन उत्साह

काठमाण्डौ – लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से दुई दशमलव १३ अङ्कले घटेर एक हजार नौ सय ३७ दशमलव ७४ विन्दुमा झरको छ ।

आज बैंक, व्यापार, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्डको शेयर घटेको छ । अरू समूहको शेयर भने सामान्य बढेको छ । आज दुई सय २७ वटा कम्पनीको ३४ लाख एक हजार कित्ता शेयर एक अर्ब चार करोड ४३ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको १३ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ । नेप्से सूचक घटेको दिन सामुदायिक लघुवित्तको शेयर साढे ६ प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि ग्लोबल आईएमई लघुवित्तको शेयर साढे चार प्रतिशतले बढेको छ ।

 

Share your love