रोमन क्याथलिक समुदायका पूर्व धर्मगुरु पोप इमिरेटस बेनेडिक्टको १६औं को निधन

रोमन क्याथलिक समुदायका पूर्व धर्मगुरु पोप इमिरेटस बेनेडिक्ट १६औं को निधन भएको छ । ९५ वर्षका बेनेडिक्टको भ्याटिकन सिटीमा रहेको उहाँकै निवासमा निधन भएको बीबीसीले जनाएको छ ।

उहाँले भण्डै एक दशकदेखि स्वास्थ्य समस्या भोगिरहनुभएको थियो ।  केही दिनअघि पोप फ्रान्सिसले उहाँको स्वास्थ्य सुधारका लागि प्रार्थना गर्न आग्रह गर्नुभएको थियो । बेनेडिक्ट ६ सय वर्षको इतिहासमा आफ्नो पदबाट राजीनामा दिने पहिलो पोप हुनुहुन्छ ।

उहाँले क्याथोलिक विश्वासी र धार्मिक विज्ञहरूलाई अचम्मित पार्दै सन् २०१३ मा पोपको पदबाट राजीनामा दिएर भ्याटिकन सिटीमा बस्दै आउनुभएको थियो । २०१३ मा बिदाइ हुँदा  सार्वजनिक जीवनबाट टाढा एकान्तमा बस्ने बताएका बेनेडिक्ट धार्मिक मामिलामा आफ्ना विचार भने व्यक्त गर्दै आउनुभएको थियो ।

बेनेडिक्टको निधनप्रति फ्रान्स, जर्मनी लगायतका राष्ट्रपतिसहित विश्वका विभिन्न नेताहरुले दु:ख व्यक्त गरेका छन् ।

Share your love