रुकुममा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं -रुकुम पूर्वमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार काठमाडौँबाट रुकुम पूर्वतर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना भएको हो ।

रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका(२ थाबाङ बगरमा बिहिबार दिउँसो ३ बजेतिर बस दुर्घटना भएको बताउनु भयो ।

उहाँका अनुसार दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकल र जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी डाँगीले बताउनु भयो ।

Share your love