राष्ट्रिय मर्यादासम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकबाट राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो ।
उनले भने, ‘मान्य सदस्यहरू, अब म राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्माणार्थ प्रस्तुत गर्दछु, यस प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला । हुन्न भन्ने आवाज सुनिएन तसर्थ राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु ।’
राष्ट्रिय सभाको अर्को बैठक चैत्र १६ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।