राष्ट्रपति संस्था इमानदार भएन, सरकार भ्रष्ट भयो- रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा राजसंस्था हुनैपर्ने अवस्था आएको जिकिर गर्नुभएको छ । राष्ट्रपतिजस्तो संस्थाले समेत इमानदारितापूर्वक काम गर्न नसकेकाले देशमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उहाँको भनाइ थियो ।

आज बुधवार काठमाण्डौमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुव्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठ्नुपर्ने राष्ट्रपति संस्था इमानदार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्तिसमेत जनाउनुभयो । उहाँले देशले सङ्घीयता धान्नै नसक्ने जिकिर गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले धर्मको नाममा, जातको नाममा राजनीति हुन थालेपछि देश झनै कमजोर हुँदै गएको दाबी गर्नुभयो । वरिष्ठ उपाध्यक्ष मिश्रले आफूमा भन्दा बढी नेपाली कांग्रेसमा विचलन आएको आरोपसमेत लगाउनुभयो ।

Share your love