राष्ट्रपति भण्डारी ‘डिस्चार्ज’

राष्ट्रपति विद्यादेवी भण्डारी आज मङ्गलवार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमण भइ त्रिवि शिक्षण अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १२ बजेर ४५ मिनेटमा डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्थामा सुधार देखिएपछि डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताउनुभयो । उहाँको अनुसार राष्ट्रपति भण्डारीको ज्वरोलगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरू सामान्य छन्।

यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो आएपछि अस्पतालको एनेक्स वार्ड नं ६०१ मा भर्ना गरी उपचार गरिएको थियो । त्यस क्रममा पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको थियो । उहाँको उपचारमा डा. नीरज बमको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो ।

Share your love