राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जले जनाएको छ ।

अस्पतालले विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको हो । पेटमा समस्या भएपछि उहाँ हिजो शनिवार बेलुका उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो ।

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्कालगायत आज आइतवार बिहान अस्पताल पुग्नुभएको थियो ।

 

Share your love