रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए । रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो । उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।

 

Share your love