रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् ।
लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने बताएका छन् ।
लामिछानेल प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने बताए ।