रविप्रति घनश्याम भुसालको टिप्पणी : ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडे

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यदुवंशी मुसलको संज्ञा दिएका छन् । बुधवार काठमाडौँमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीका कारण नै वामपन्थी कम्युनिस्टमा मुसल पैदा भएको बताए ।

उनले ओली प्रवृत्तिमा आफूलाई फाइँदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल हुन् अरु सबै शत्रु हुन् भन्नेकुरा हाबी भएको बताए । उनले राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद् विघटन गरेबाट सुरु भएको आरोप लगाए । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरु सडकमा नेता बनेर हिँडेको आरोप लगाए । उनले अनुशासनहीनता र मूल्यहीनताको बीचमा प्रतिष्पर्धा हुँदा नराम्राहरुले जित्ने बताए ।

महासचिव भुसालले राष्ट्रिय जीवन संकटको डरलाग्दो भुमरीका नजिक रहेको बताए ।

Share your love