रजनीगन्धाको अवैध ओसारप्रसार गरेर राजश्व छली गर्ने ५ जनाविरुद्ध मुद्धा दायर

२४ कार्टुन रजनीगन्धाको अवैध ओसारपसार गर्ने ५ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्धा दायर गरेको छ । विभागले आज १८ लाख ४६ हजार ७३४ रुपैयाँ मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो ।

विभागले नुवाकोट लिखु गाउँपालिकाका रामशरण बोगटी, सिरहाका मिर्चैया गाउँपालिकाका अमितकुमार शाह, अछाम पञ्चदेवल विनायक नगरपालिकाका नमराज तिमिल्सिना र सोही गाउँपालिकाका तीर्थराज ढकालविरुद्ध मुद्धा दायर गरेको जानकारी दिएको छ ।

उनीहरूले भारतमा उत्पादित बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएका २४ कार्टुन रजनीगन्धा दर्ता भएभन्दा फरक नम्बर प्लेटको ढुवानी साधनमा ओसारपसार गरेको पाइएको थियो । उक्त रजनीगन्धा ढुवानीमा प्रयोग गरिएको ट्रकमा नेपाली सेनाको लोगो समेत दूरुपयोग गरिएको पाइएको विभागले जनाएको छ ।

उक्त रजनीगन्धा काठमाडौं लगायतका क्षेत्रमा बिक्री वितरण गर्ने गरेको र सोबाट प्राप्त आयमा प्रचलित कानून बमोजिम नेपाल सरकारलाई बुझाउनुपर्ने राजश्व नबुझाइ राजश्व चुहावट गरेको पाइएको विभागको भनाइ छ । विभागले राजश्व चुहावट ऐन ९नियन्त्रण तथा अनुसन्धान०, २०५२ को दफा छ ९१० ९ङ बमोजिम १८ लाख ४६ हजार ७३४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

Share your love