यू–१९ विश्व कप एसिया छनोटमा हङकङले नेपाललाई दियाे १ सय २१ रनकाे लक्ष्य

आईसीसी १९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा हङकङले नेपाललाई १ सय २१ रनकाे लक्ष्य दिएकाे छ ।

यूएईमा टस जितेर पहिले ब्याटिङ गरेकाे हङकङ ४६ ओभर ३ बलमा १ सय २० रन बनाउँदा अलआउट भयाे । हङकङका लागि पार्थ भगवतले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले २/२ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । अङ्क तालिकामा नेपाल र यूएईकाे समान ४ अङ्क भए पनि नेट रनरेटकाे आधारमा यूएई शीर्ष स्थानमा र नेपाल दाेस्राे स्थानमा छ ।

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ ।

 

Share your love