यूएईले नेपाललाई ८४ रनले हरायाे

पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ८४ रनले हराएकाे छ ।

आज साेमवार त्रिवि मैदानमा यूएईले दिएकाे दुई सय ६४ रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित ५० ओभरमा नाै विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्याे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ र अर्जुन साउदले ५१ रन बनाए । बलिङतर्फ यूएईका आयन अफजल खानले चार विकेट लिए ।

नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुन लागेकाे हाे । दोस्रो खेल पर्सि बुधवार र तेस्राे तथा अन्तिम खेल आउँदाे शुक्रवार हुनेछ ।

 

अन्तिम अपडेट: कात्तिक २८, २०७९

Share your love