युरेनियम जस्तै देखिने धातुसहित बारामा तीन जना पक्राउ

बारामा प्रहरीले ठुलाे परिमाणमा बहुमुल्य धातु युरेनियम सहित तीन जनालाई पक्राउ गरेकाे छ।

जिततपुर सिमरा उपमहानगरपालिका ५ जितपुर स्थित आदित्य हाेटलबाट शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे संयुक्त टाेलीले २ किलाे ६०० ग्राम युरेनियम सहित तीन जनालाई पक्राउ गरेकाे हाे । तर बरामद धातु युरेनियम भए नभएकाे बारे अनुसन्धान भइरहेकाे बाराका प्रहरी उपरिओक हाेविन्द्र बाेगटीले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा जितपुरसिमरा उपमहानगरपालिका ३ का सागर चाैधरी , त्यहि ठाँउका रवि चाैधरी र राैतहटकाे माधवपुर नगरपालिकाका वृज कुमार सहनी रहेका छन् । युरेनियमकाे अवैध काराेबारीहरु हाेटलमा रहेकाे सुचनाका आधारमा खटिएकाे नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टाेलीले शनिबार हाेटलकाे काेठाबाट उनिहरुलाई नियन्त्रणमा लिएकाे बाेगटीले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय सिमराकाे हिरासतमा राखेर बरामद शंकास्पद धातु युरेनियम भए नभएकाे बारे अनुसन्धान भइरहेकाे प्रउ बाेगटीले बताउनुभयो ।

ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन ।

Share your love