युक्रेनको खेहर्सनमा रुसले कब्जा गरेपछि नियुक्त गरिएका डेपुटी गभर्नरको ज्यान गयो

युक्रेनको खेहर्सन सहरमा रुसले कब्जा गरेपछि नियुक्त गरिएका डेपुटी गभर्नर किरिल स्ट्रेमोसोभको ज्यान गएको रसियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

उहाँको कार दुर्घटनामा ज्यान गएको खबरमा उल्लेख छ । खेहर्सनबाट रुसी सेना फिर्ता भएसँगै गभर्नरको ज्यान गएको खबर आएको हो । रूसी कब्जाको सबैभन्दा प्रमुख समर्थकहरूमध्ये एक ४५ वर्षका स्ट्रेमोसोभलाई युक्रेनी प्रहरीले देशद्रोहको अभियोगमा खोजीको सूचीमा राखेको थियो ।

रुसले कब्जा गरिएको युक्रेनी क्षेत्रमा रुसद्वारा नियुक्त धेरै अधिकारीहरूलाई युक्रेनले आक्रमणको निशाना बनाएको छ । रुसी सैनिकहरू फिर्ता भएपछि लामो समय रुसको कब्जामा रहेको खेअर्सन सहरमा पुनः युक्रेनी झन्डा फहराइएको छ ।

अहिले खेहर्सनबासीहरु विजयउत्सव मनाइरहेका बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेका ४० भन्दा धेरै सहर र गाउँहरु फिर्ता गरेको बताउनुभएको छ ।

Share your love