यति एअरकाे विमान दुर्घटना : ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ ।

सेती नदीको खाेँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा रहेकाे गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।

६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।

 

Share your love