मिर्मिरे लघुवित संस्था लिमिटेडले आफ्नो १३ बर्षमा प्रेबेश गरेकोमा सरसफाई कार्यक्रम सम्पन्न

राजन कुमार बानिया

मिर्मिरे लघुवित संस्था ले १२ वर्ष पार गरि १३ वर्षमा प्रवेश गरेको  अवसरमा आज पर्साको  ठोरी   गाउँपालिकामा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । गाउँपालिकाको वडा नं-५ स्थित सुवर्णपुर सहिद स्मारक  लगायत सुवर्णपुर बजारको सरसफाई गरिएको छ।

मिर्मिरे लघुबित बितिय संस्था लिमिटेडले आफ्नो संस्थाको बार्षिक उत्सव कार्यक्रम अवसरमा आयोजना गरेको सरसफाई कार्यक्रममा  नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानिय हरुको सहयोग रहेको थियो।  मिर्मिरे लघुवित्त वित्तीय संस्था सुवर्णपुरले बार्षिक दिवसको अवसरमा बिभिन कार्यक्रम मनाएको  संस्थाका प्रमुख महम्द मकसुद अंसारीले बताए ।मिर्मिरे लघुबित बितिय संस्थाले  आयोजना गरेको सरसफाई कार्यक्रमको अध्यक्षता  संस्थाको मधेस प्रदेश प्रमुख रामकिसोर चौधरीको अध्यक्षतामा भएको थियो ।

यसका साथै, संस्थाले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै यो संस्थाको उद्देश्य अनुरूप मुलुकको पूर्वाधार विकासमा अझ उत्कृष्ट योगदान गर्ने प्रतिवद्धता व्यक्त चौधरीले गरेको थियो ।

बार्सिक उतस्व र सरसफाई कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष अस्त बहादुर लोपचनको प्रमुख अतिथ्यमा भएको सरसफाई कार्यक्रममा मिर्मिरे लघुबित  बितिय संस्थाको  महम्द मकसुद अंसारी, किरण कुमार परियार,निरंजन चौधरी,सुजन क्षेत्री,रबिन्द्र चौधरी,कृष्ण बोहरा,सशस्त्र प्रहरी निरिक्षक दिपक नेवपाने, नेपाल प्रहरीको रामबाबु यादव, लगायत त्यस संस्थामा जुडेका महिला र स्थानिय हरुको सहभागिता रहेको  थियो।सरसफाई कार्यक्रममा बाटो र नाला सरसफाई गर्नका साथै चोकमा रहेका पसलेहरुलाई सरसफाई सम्बन्धमा सचेतना गराइएको थियो । मिर्मिरे लघुबित बितय संस्था लिमिटेडले आफ्नो संस्थाको बार्षिक उत्सवमा चौक हरुमा डस्टबिन बितरण समेत गरेका छन।

Share your love