मिर्मिरे लघुवित संस्था लिमिटेडले फर्निचरका समान वितरण गर्यो

राजन कुमार बानिया

मिर्मिरे लघुवित संस्था ले १२ वर्ष पार गरि १३ वर्षमा प्रवेश गरेको अवसरमा आज पर्साको धोबिनी गा.पा. वडा न.-२ मा रहेको प्रहरी चौकी लाई फर्निचर समान वितरण गरेको छ, मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लङ्गडी,पर्साले बार्षिक दिवसको अवसरमा बिभिन कार्यक्रम गरि मनाईरहेको खबर सुवर्णपुर शाखाका शाखा प्रमुख महमद मकसुद असारी ले जनकारी दिनुभयो ।

मिर्मिरे लघुबित बितिय संस्थाले अयोजना गरेको फर्निचर वितरण कार्यक्रमको अध्यक्षता संस्थाको लङ्गडी शाखाको शाखा प्रमुख किरण कुमार परियाले गर्नुभएको थियो । यसका साथै, संस्थाले आगामी दिनमा उच्च व्यावसायिक अभ्यास तथा अनुपातलाई मूल मन्त्र बनाउँदै यो संस्थाकाे उद्देश्य अनुरूप मुलुकको गरिबी निवारणमा अझ उत्कृष्ट याेगदान गर्ने प्रतिवद्धता व्यक्त परियारले गर्नुभएको थियो ।

बार्सिक उतस्व कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष अस्त देवेन्द्र प्रसाद कुर्मि प्रमुख अतिथ्यमा भएको फर्निचर वितरण कार्यक्रममा मिर्मिरे लघुबित बितिय संस्थाको महम्द मकसुद अंसारी, किरण कुमार परियार,फनिन्द्र साह,दिपेन्द्र चौधरी,रितेश चौहान,सुरेश महतो थारु,प्रहरी चौकी प्रमुख गगनदेव भगत माली तथा गाउँले हरुको सहभागिता रहेको थियो।

Share your love