मिचिएको भू–भाग फिर्ता ल्याएरै छाडिन्छ : ओली

नेकपा एमालेले आजदेखि चुनावी अभियान सुरू गरेको छ ।

एमालेले सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाबाट आज चुनावी अभियान सुरु गरेको हो । चुनावी अभियान सुरू गर्ने र सदरमुकाम खलंगामा आयाजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गर्नुभएको छ ।

उहाँले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गर्दै मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्ने दाबी गर्नुभयो । तिंकर भञ्याङको बाटो निर्माणमा भारतले बेकारको झमेला निकालेको भन्दै उहाँले सीमाको विषयमा सानो चित्त नगर्न आग्रह गर्नुभयो । भारतले सीमामा गरेको अतिक्रमणलाई नेपाली जनताले थिचोमिचोका रुपमा लिइरहेको उहाँको भनाइ छ ।

भारत भ्रमणमा जाँदा भारत भ्रमणमा जाँदा दिल्ली र उत्ताराखण्डको सहमतिमा झोलुङ्गे पुल बनाएको उहाँको दावी छ । सभालाई सम्बोधन गर्दै उहाँले दार्चुला र धार्चुलामा पक्की पुल बनाउने उद्घोष गर्नुभयो ।

Share your love