माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि चल्यो महानगरको डोजर

काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।
गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको पाण्डेले बताए ।
Share your love